Sunday, December 16, 2007

नेपाल गम्भीर संवैधानिक संकटमा

संविधान देशको मुल काुनन जसले सम्पर्ुण्ा मुलुकलाई कानुनी राज्यमा रुपान्तरण गर्न मद्धत गर्दछ । तर आज तेहि संविधान नेपालको लागि औचित्यहिन भएको छ । हुन त यस अधि २०४७ सालको संविधानले पनि संवैधानिक संकट भोग्नु पर्यो । तेसको निकास राजनैतिक सहमतिको आधारमा वर्तमान अन्तरिम संविधानको निमाणवाट टुगो लागेको थियो ।
अन्तरिम संविधान २०६३ को प्रस्तावना भनिएको छ हामी र्सार्वभौमसत्ता र राजकीयसत्ता सम्पन्न नेपाली जनता,नेपाली जनताले २००७ साल पहिलेदेखि हालसम्म पटक पटक गर्दै आएका ऐतिहासिक संर्घष्ा र जनआन्दोलन मार्फत लोकतन्त्र, शान्ति र अग्रगमनका पक्षमा प्रकट भएको जनादेशको सम्मान गर्दै,देशमा विद्यमान वर्गीय, जातीय, क्षेत्रीय, लैंङ्गकि समस्याहरूलाई समाधान गर्न राज्यको अग्रगामी पर्ुनर्संरचना गर्ने सङ्कल्प गर्दै,प्रतिस्पर्धात्मक वहुदलीय लोकतान्त्रिक शासन व्यवस्था, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, वालिग मताधिकार, आवधिक निर्वाचन, पर्ूण्ा प्रेस स्वतन्त्रता, स्वतन्त्र न्यायपालिका तथा कानूनी राज्यको अवधारणा लगायत लोकतान्त्रिक मूल्य र मान्यताप्रतिको पर्ूण्ा प्रतिवद्धता व्यक्त गर्दै,नेपाली जनताको आफ्नो लागि आफै संविधान बनाउन पाउने र भयमुक्त वातावरणमा संविधान सभाको स्वतन्त्र र निष्पक्ष निर्वाचनमा सहभागी हुन पाउने आधारभूत अधिकारको प्रत्याभूति गर्दै, लोकतन्त्र, शान्ति, समृद्धि, अग्रगामी आर्थिक-सामाजिक परिवर्तन तथा देशको र्सार्वभौमिकता, अखण्डता, स्वतन्त्रता र स्वाभिमानलाई केन्द्रमा राख्दै,आजसम्मका क्रान्ति र आन्दोलनबाट प्राप्त उपलब्धीहरूलाई संस्थागत गर्न संविधानसभाबाट नयाँ संविधान नबनेसम्मको लागि राजनैतिक सहमतिबाट तयार भएको यो नेपालको अन्तरिम संविधान, २०६३ जारी भएको घोषणा गर्दछौं ।

तर प्रस्तावना मा भनिए झै न लोकतान्त्रीक शासन व्यवस्था को सुरुवात भयो न नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, वालिग मताधिकार, आवधिक निर्वाचन, पर्ूण्ा प्रेस स्वतन्त्रता, स्वतन्त्र न्यायपालिका तथा कानूनी राज्यको अवधारणा लगायत लोकतान्त्रिक मूल्य र मान्यताप्रतिको पर्ूण्ा प्रतिवद्धता व्यक्त गर्दै,नेपाली जनताको आफ्नो लागि आफै संविधान बनाउन पाउने र भयमुक्त वातावरणमा संविधान सभाको स्वतन्त्र र निष्पक्ष निर्वाचनमा सहभागी हुन पाउने आधारभूत अधिकारको प्रत्याभूति नै भयो । धारा २ मा भनिए झै नेपालको र्सार्वभौमसत्ता र राजकीयसत्ता नेपाली जनतामा निहित भएन । जनताको नाममा केवल राजनैतिक सक्ती हरुले यसको भरपुर उपभोग गरे ।

संविधान निमाण गर्दा राज्यको दायित्व, निर्देशक सिद्धान्त तथा नीतिहरू अन्तरगत धारा ३३ मा उल्लेख भए अनुसार राज्यको दायित्व देहाय बमोजिम हुनेछ भनि उपधारा -क) मा नेपाली जनतामा अन्तरनिहित र्सार्वभौमसत्ताको व्यावहारिक प्रत्याभूति गर्ने विषयलाई आत्मसात गर्दै सम्वत् २०६४ जेठ महिनाभित्र स्वतन्त्र र निष्पक्ष रूपमा संविधान सभाका सदस्यको निर्वाचन सम्पन्न गर्न राज्यले सम्पर्ूण्ा ध्यान केन्द्रीत गर्ने भनिएता पनि सो निर्वाचन हुन सकेन । तर संविधानको संसोधन गरि मंसिर ६ गते निवाचन गर्ने भनिएता पनि सो समेत हुन नसके पछि सरकार मात्र हैन संविधान नै संकटमा परेको छ ।

धारा ३४. राज्यका निर्देशक सिद्धान्तहरूः अन्तरगत उपधारा -१) मा उल्लेख भएअनुसारको जनताको जीउ, धन, समानता र स्वतन्त्रताको संरक्षण गरी सामाजिक, आर्थिक एवं राजनैतिक क्षेत्र लगायत राष्ट्रिय जीवनका सबै क्षेत्रमा न्यायपर्ूण्ा व्यवस्था कायम गरी खुला समाजमा आधारित लोककल्याणकारी व्यवस्थाको अभिवृद्धि गर्नु राज्यको प्रमुख उद्देश्य हुनेछ । उपधारा -२) समाजमा शान्ति र व्यवस्था कायम गरी मानव अधिकारको संरक्षण र सर्म्बर्द्धन गर्दै र्सार्वजनिक हितको पर््रबर्द्धन गर्ने र स्वायत्त शासनको माध्यमद्वारा जनतालाई शासनमा अधिकाधिक मात्रामा सम्मिलित हुने अवसर जुर्टाई लोकतन्त्रका लाभहरूको उपभोग गर्न सक्ने व्यवस्था कायम गर्नु राज्यको उद्देश्य हुनेछ भन्ने मर्म निर्रथक भै सकेको छ ।

More>>!

Monday, December 3, 2007

check

रक्त चन्दन बारे केही शब्दहरु मलाई नि खर्चिन मन लाग्यो। पहिलो कुरा त रक्त चन्दन कहाँबाट आउछ भन्ने कुरा। भारतको कर्नाटक र तमिलनाडु राज्य बीचकि जङलमा पाइने ब्रिक्ष हो रक्त चन्दन्। बिरप्पनको आतंक तिनै रक्त चन्दनको आडमा दुइ तिन दशक चले।

कर्णाटक देखि नेपालको सीमा सम्म को दूरी मेरो अन्दाजमा २ हजार माइल भन्दा बढी होला। भारतमा पनि अबैध ठहरिएको चन्दन ट्रक का ट्रक हजारौं माइल कसरी आए?लौ जसरी आए नि आए रे। नेपालको सीमा प्रबेश पछि पनि ४-५ सय किलोमिटर तय गर्नु पर्छ। ३००० किमि त सजिलै पार् गर्नेलाई ५ सय किमि के भो र, त्यो पनि पार गरे रे। जाने त अर्को दुष्ट छिमेकी मुलुक मै हो।

तस्करीलाई सिधै बिना न्यायिक प्रक्रिया म्रित्यु दण्ड दिने मुलुकको हजारौं किमि यात्रा कसरी तय हुन्छ? सोचनिय कुरा छ।नेपाल र भारतका प्रहरी, प्रशासन, र तिनलाई संरक्षण दिने नेता हरु भ्रष्ट छन् रे कुरा प्रष्ट छ पनि।जनताका मसिहा, गरिब र सर्बहाराका आदर्श कम्युनिष्ट मुलुकमा नै ती तस्करिएको चन्दन यति सहजै ग्रहण हुन्छ त? तातोपानी भंसारमा समातिएको ट्रकमा त्यही दुष्ट मुलुकको राजदूतबासको नम्बर प्लेट हुनु संयोग मात्र मान्न कदापि मिल्दैन। यहाँ चन्दन तस्करीको बजारी हल्ला भागबन्दाको मेल नभए पछि मात्र सार्बजनिक हुने गर्दछ। वाइ सी एल र सुजताको नाम उछाल्दै सबैले आ-अफ्नो दुनो सोझ्याइ रहेका हुन्छन्। यस्को वास्तबिकत मालिक तिनै दुष्ट मुलुकका राजदूताबास तिर हुन्छन् भन्ने हेक्का न भएको अथवा अरुको बदनाम गराउने ठेक्का लिएकाहरुमा ज्ञान न भएको सोचनिय छ।

मात्रिका यादब खै कुर्लेको? अब त तिनलाई गठबन्धन सरकारको धर्म निभाउनु छैन। गिरिजाले हप्काउला भन्ने डर पीर छैन। गिरिजाकी छोरी ले रक्त चन्दन तस्करी गर्छे भनेर गिरिजाको अगाडी गर्जने सक्ने बहादुर कुन दुलोमा लुकेका छन्। हिम्मत भए, प्रमाण भए सार्बजनिक गरे हुन्थ्यो नि टुंडिखेलमा रक्त चन्दन जलाउनुको साटो प्रमाण देखाउनु नि।कहिं तिनै माइबापको आदेशा अनुसार संबिधान सभा भाड्ने उपक्रमको एक पाइला त थिएन, मात्रिकाको रक्त चन्दन्।

स्मरणिय छ, ती जंगलीहरु संग भएको अधिकांश आधुनिहतियार हरु उत्तर तिरको छिमेकीबाटै प्राप्त भएका हुन् जो अनमिनलाई बुझैएको छैन। ती हतियारको सोधभर्ना रकम त होइनन् रक्त चन्दनले भरिएको ट्रक?हो, कुनै पनि अबैध कार्य रोक्नु पर्दछ। यसमा दुइमत न होला । तर रक्त चन्दन भन्दा नि संबेदनशील तस्करी मुलुकमा भैराख्या छ, यसमा ध्यान जाने कहिले। मानव तस्करी।अबैध रुपमा अफ्गानिस्तान अनि इराक जस्तो मुलुकमा दिनहु सयौं नेपाली मानव तस्करीमा म्रुत्युको काखमा धकेलिंदै छन्।सयौं चेलीबेटीहरु मुम्बैको बेश्यालयमा नारकिय जीवनमा तस्करिंदै छन्।खै त, गरिब जनताका मसिहा , शोषित, दलित का देबता, नारीका पुजारीहरुले त्यस्ता सभ्यताका कंलकहरुलाई नियन्त्रणमा लिएको?स्पष्ट छ, तिनको मोलतोलमा कम दाम हुने हुन्छ, चन्दनमा धेरै।बुझ्नेलाई श्रीखण्ड.................................................। अस्तु!
More>>!

Sunday, December 2, 2007

स्वतन्त्र नेपाल र परतन्त्र नेता

“हेर न तिम्रो देशका प्रधान मन्त्रीले फेरी छिमेकी देशका राजदूतलाई भेटेछन…… ” एकजना विदेशी साथीले ईन्टरनेटका खबर पढेर मलाई सुनाउदै थियो। म आफ्नै काममा व्यस्त भएकाले उसको कुरालाई ध्यानै दिईन मैले ।

“ ……अब एक दुई दिनमा तिम्रो देशमा फेरी कुनै नया कुराको घोषणा हुन्छ होला…… “ । उस्को यो वाक्य भने अलि पचेन मलाई, आफ्नो स्वभिमानमा ठाडै प्रहार गरेको महशुस भयो र आवेगमा मैले भने “ नचाहिने कुरा नगर न, प्रधान मन्त्रीले छिमेकी देशका राजदूतलाई भेट्‍दैमा के घोषणा हुन्छ र ? ”
“……साथी तिमी रिसायौ जस्तो छ…… “ “ उसले अली सम्हालिदैं आफ्नो तर्क तेरस्यायो “ हेर न मेरो देशको यौटा पत्रीकाको अनलाईन संस्करणमा यस्तो समाचार राखीएको छ ।

त्यसपछी उसले त्यो अनलाईन संस्करणको डाटा पढन थाल्यो : “ ...फलानो मितिमा तिम्रो देशका प्रधान मन्त्रीले फलानो राजदूतलाई भेटेका रहेछन अनि त्यसको दुई दिन पछी पत्रकार सम्मेलनमा यस्तो वक्तव्य दिएछन । ...."

"......त्यसपछी फलानो दिनमा फेरी फलानो समारोहमा फलानोलाई भेटेछन त्यसको भोलीपल्ट संबिधान सभाको चुनाव सार्ने निर्णय भएछ । अर्को एकचोटी राजदुतस‌गको भेट पछी तिम्रा नेताले माओबादी सम्मीलित नभए पनि चुनाव गरेर देखाउने दृणता देखाएछन ।...."

उस्ले तिथि मिति र भेटको अबसर र त्यसपछि आएका घोषणा, बक्तव्य र निर्णयको फेरहिस्त बताउन थाल्यो । म नाजबाफ सुन्नु बाहेक केहि गर्न सक्ने स्थितिमा थिईन, “हेर यो संयोग मात्रै हो…… ” बचेखुचेको ईज्जत जोगाँउदै मेले उसलाई भने। “त्यो पनि हुनसक्छ “ उसले पनि स्थीतीलाई चर्काउन चाहेन र उठेर हिड्यो ।

साथी उठेर हिड्यो तर म सोचन विवस भएँ के यो साच्चै संयोग मात्रै हो त ?
सानै छँदा सुन्थें “दिल्लीमा पानि परे नेपाली नेताले काठमाण्डौमा छाता ओढछन, त्यतिबेला कतीसम्म बिदेशिको ईशारा चल्थ्यो त्यो त ठ्याक्कै भन्न सकिन्न तर अहिले त खुललम खुल्ला Adviser वा Consultant नै जस्तो गरि हरेक साना तिना घटनाको रिपोर्टीङ गर्ने र “सल्लाह” लिएर मात्रै बोल्ने “कू-प्रचलन” शुरु हुन लागिसक्यो ।

भूमिगत हुदां “भारतीय बिस्तारबाद” को बिरोध गर्ने माओबादी नेता समेत सिमा पारीबाट यौटा जोगी आउदाँ त्यसको अगि पछी लाग्नुले पनि हाम्रो परतन्त्रतालाई प्रष्ट्याउँछ । नत्र सशस्त्र क्रान्तीको नाममा हजारौँ मान्छे मार्न समेत पछि नपर्ने माओबादी बिचारधारा र पातन्जलीको योगमा कतै कुनै समानता र समिकरण भेटदिन म त ।

अर्का महान कार्ल मार्क्स र लेलिनका अनुयायी नेताले अमेरिकी राजदूत भेटन आउदा आफ्ने माहान नेताको तस्बिर समेत झ्यालबाट फालेको कुरा पनि एक पटक स्मरण गरौं अनि हामीलाई हाम्रा नेताको सिद्धान्त, महानता र स्वाभिमानको ज्ञान हुन्छ ।

यी अनि यो संग जोडिएका याबत कुराहरुको लेखा राख्दा थाहा हुन्छ हाम्रा नेता र प्रधान मन्त्रीले आ-आफ्ना Adviser र Consultant संग सल्लाह गरेर मात्रै बोल्छन अनि यस्तो स्थितिमा बिदेशमा बस्ने नेपालीले ति सबै यथार्थलाई “संयोग” भनेर पन्छिनु भन्दा अरु के गर्ने ?

त्यसो त ठरकी मानव स्वतन्त्रताको परम हिमायती हो र मानव स्वतन्त्रताको अगाडी मानव निर्मीत देशका सिमारेखालाई पनि यौटा बन्धन सम्झन्छ । तर जब सम्म सिमारेखाको जारी छ तबसम्म कुनै पनि यौटा ठुलो ज्यान बएको छिमेकिले आर्को सानो छिमेकीलाई निर्देशीत गर्न खोज्नु हुदैंन र सानो ज्यानवाला छिमेकिले पनि “धम्मरधुस” शरिरवालाले जे भन्यो त्यो मानिहाल्नु जरुरी छैन ।

दानमा आउने “सातु” वा भिक्षापात्रमा खस्ने सिक्का रोकीएला भनेर यसो गरेको हो भने अढाई करोड नेपालीको स्वाभिमानको अगाडी त्यो सातु र दक्षीणाको कति मूल्य छ त्यो भने सोच्नै पर्छ ।
More>>!

लौ अजम्मरी संसद हाउसफुलका साथ चल्दैछ ...

ए रात्तै! हाम्रो गाम के उग्र संसद आईलाग्यो गाँठे! पौराणिककालमा चुनिएका एक थरी सांसद छन - अर्का थरी हुकुमी साम्सद छन। अब त बंसानुगत पनि हुने भए अरे भन्ने सुन्छु। सबै मिलेर सिहदरबारको ग्यालरी बैठ्कमा सिनेमा हल खोल्या छ्न। सिनेमा चै एउटै लगाउछन -- चले नी नचलेनी हाउस फुलको साइन झुण्ड्याउँछन। सिनेमामा सबैले भाग पाएका छन। पारीश्रमीक राम्रै छ क्यारे लाग्या छन लाग्या छन।

कार्यक्रमको रुप रेखा सिमा पारीकाले कोर्छन -- बालुबाटारमा नरिबल फोर्छन -- टिके सांसदहरु बालुबाटारे जमातको अघि हात जोर्छन -- जनताको पैसा भत्ता भन्दै सोर्छन त्यै हो।

नारनहिटीमा अचेल बसेका ठेकेदार चमेराको बेपारमा लाग्या छन क्यारे धुनधान चमेरा कराको सुन्छु त्यता-- नयाँ बजारमा सम्बिधान सभाका ठेकेदार छन -- लैनचौरको गद्दीमा नेपालकै ठेकेदार बसेका छ्न। सांसदहरु सिहदरबारमा किन बस्ने हुन? उनीहरुलाई नै थाछैन -- "सिंहदरबारमा भेला होउ ए मोरामोरी हो" भन्ने आकासबाणी भए पछि बिस्वबिजेता हुन कि झै गरी पुग्छन -- आफ्ना मालिकहरुसँग जजस्का कुरा बाझ्छन सबैलाई पर्तिगामी भन्छन। गर्ब गर्छन।

हाहाकार मच्चाउने शस्त्र नै सबै समस्याको हल गर्ने अस्त्र हो भन्ने सोचाई भएकाहरुको मुख्यालय बुद्धनगरमा छ अरे -- ठाम त खोजेकै हो। एमालेका साहुहरु बाझेर अचेल धुनधान छ। सम्बिधान बनायो अनि त्यसै सँग बाझ्ने प्रस्ताब पारीत गर्ने ह्विप जारी गर्ने कामरेडहरु सम्बिधानको दुहाई दिन्छन।

फेरी संसद बस्ने रे? किन बस्ने? कैले सम्म बस्ने यो संसद? बरु बस्ने बस्ने हो भने ठिकै छ -- सम्बिधान सम्सोधन गर्ने बानी बसेकै छ -- एक हात सधैको लागि यही संसदलाई स्थाई गरीएको र कुनै सांसदको ठाम खालि हुन गएमा जुन दलको हो उही दलले आफ्नो ईच्छानुसार मनोनित गर्ने भन्ने घोषणा यसै संसदले गर्दे कसो होला? बेकारमा चुनाब भन्दै पैसा किन खर्च गर्ने?

पर्धानमन्त्री -- अथबा राजा पनि त्यही स्थाई संसदले मनोनित गरोस भै गो। के को संबिधान सभा? जनतालाई आखिर के नै थाह् छ र? धुरन्धर सांसदहरु संसदमा छदैछन। के को पिर? देश चलाउने आखिर बिदेसीले हो। त्यो चुनाब भए पनि नभए पनि चलाई हाल्छन।

अनि दुई अर्ब खर्च गरी गरी पालमा राखेर किन कसैलाई पाल्नु पर्यो? सबैलाई खुला छोडदिए हुन्छ। बरु मैना मर्छ आ-आफ्नो पार्टी कार्यालयमा जानु पारीश्रमिक बुझ्नु भन्दिनु। सबै राजनैतिकदलहरुलाई आ-आफ्ना पार्टिका कार्यकर्ताहरु नामाबली पेस गर्नु भन्नु। सबैलाई भत्ता दिनु। किन एउटा पार्टीका मात्रै साँढे पाल्ने -- पाल्न पाल्न पारे पछि?

बरु संसद अब देखी १२ महिना नै चलाउनु पर्यो दिनको तिन सो। संसद चलेको हेर्ने टिकट लाउने -- त्यै टिकट बाट उठेको पैसा पनि सांसदहरुलाई नै दिने बोनस। अनि पो नया नयाँ कुरा सिकेर सांसदहरुले शो रोमान्चक बनाउँछन त। अब भत्ता मात्रैले त के गर्ने? भत्ता त यसै पनि आकै छ। जनता पनि कति भारतिय सिनेमा र त्यै भारतिय सिनेमाको डाउनग्रेड गर्या नेपालीमा सम्बाद बोल्ने चलचित्र हेर्नु?

सिहदरबारको ढोकामा एउटा स्थाई साईनबोर्ड राखम जस्मा लेखियोस "लौ अजम्मरी संसद हाउसफुलका साथ चल्दैछ ..." More>>!

धन्यबादै धन्यबाद

डिसेम्बर ७ मा दौतरी बिधुतीय अन्तरजालोमा आएको २ महिना हुदैछ। यती बिचमा धेरै प्राप्तीहरु भए भने दौतारीको प्रस्तुती मिलाउन धेरै चौटी दौतारी अन्तरजालोबाट हराएको पनि थियो। हुन त अहिलेको स्वरुपलाइ थप आकर्षक बनाउने धेरै सल्लाह आएका छन तर समय तथा ज्ञानको अभावले आकर्षक बनाउने कामले गती लिन सकिरहेको छैन। तर पनि सल्लाह सुझाब दिदै गर्नुहोला,दौतारी सबैको साझा ब्लग हो, यो ब्यक्तीगत ब्लग होइन। जसरी हुन्छ, सहयोग जारी राख्नुहोला, दौतरीसंग सम्बन्ध अझ कसिलो बनाउनुहोला।म कामे बिशेषले एक हप्ता तल्लो प्रदेश जादैछु। खासमा उत्तर अमेरीकाको मिनीसोटा राज्यमा बस्ने हुदा दक्षिणका गणराज्यलाइ तल्लो प्रदेश भन्ने गरिन्छ। असिक्षा र बेरोजगारले यि ठाउहरु निकै पछाडी परेकाछन। मिनीसोटमा बसेर कलम घुमाए पनि मैले कोरेका कामले एलाबामा तथा टिनिसीमा मुर्त रुप पाउछन। त्यसैले यो हप्ता आफ्नै यान्त्रीक बच्चाहरु संग समय बिताउने छु।त्यो समय अन्तरजालो बाट टाढा हुन सक्ने हुदा दक्षिणतिरको बाटो तताउनु अघि दौतारीलाइ सहयोग गर्ने दौतारीहरुसंग धन्यबाद साटा साट गर्न चाहान्छु। दौतारी समुहबाट दौतारीको उपस्थीतीको जानकारी दिने नमस्ते युरोपका महेश जी तथा नेपाल लाइभका अजय भाइलाई धेरै धेरै धन्यबाद । दौंतरीको ब्यानर र हालको स्वरुप महेश जी कै देन हुन। हुन त धेरैले अप्ठ्यारो गरेका छन, तर त्यस्ता अप्ठ्यारालाइ शान्त तरिकाले लिदा राम्रै उपलब्धी हुदो रहेछ तसर्थ उनिहरु पनि धन्यबादका भागीदार छन। हुन त बिश मन्थन गरेर अमृत सरह दौतरी निस्केको हो, साना तिना पहाडले हामी अल्झिदैनौ।ब्यक्तीगत तर्फबाट भाइ अनिललाइ कोडीगंमा सहयोग गरेकोमा धन्यबाद। त्यस्तै दौतरीमा बिचार प्रवाह गर्ने बिर्खे,राहुल दाइ, मी, एकलब्य, ह्याप्पी डेज, बिर्लियन्ट मेन, दिप, चना,ठरकी,गालब र नया मित्र मेभरीक संग धन्यबाद साटा साट गर्न चहान्छु। आजकाल लेखकको गती भन्दा पाठकको गती तिब्र भएको हुदा कलम घुमाउदै गर्नहोला तथा ब्लगर प्रोफाइलमा आफ्नो बारेमा केही लेख्नुहोला। प्रज्वलजी लाइ पनि पाहुनाको तर्फबाट लेख्नु भएकोमा धेरै धेरै धन्यबाद। अन्तमा दौतरीको सब भन्दा ठूलो हिस्सा, दौतारी पाठकहरुलाइ दौतरीको उत्साहमा उर्जा थप्नुभएको मा धन्यबादै धन्यबाद। More>>!

check2

check2 More>>!

Check

check1 More>>!

What?

only search this blog